३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

लुटपाटका लागि निराको हत्या, आरोपित विकलाई प्रहरीले गर्‍यो सार्वजनिक (भिडियो)

प्रहरीले काठमाडौंको चाबहिल सरस्वतिनगरस्थित भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले निराको हत्या लुटपाटको उद्देश्यले भएकोसमेत जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको जनाएको हो । हत्या संलग्नताको आरोपमा प्रहरीले झापाबाट विनोद विकलाई शनिबार पक्राउ गरेर काठमाडौं ल्याएर आइतबार सार्वजनिक गरेको हो । 



७ वैशाखमा निराको हत्या भएको थियो । हत्यासँगै निराले लगाएको सुनको सिक्री लुटपाट भएको थियो । 

पक्राउ परेका विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । विकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : १७ वैशाख, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया