logo-img

लुटपाटका लागि निराको हत्या, आरोपित विकलाई प्रहरीले गर्‍यो सार्वजनिक (भिडियो)

प्रहरीले काठमाडौंको चाबहिल सरस्वतिनगरस्थित भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले निराको हत्या लुटपाटको उद्देश्यले भएकोसमेत जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको जनाएको हो । हत्या संलग्नताको आरोपमा प्रहरीले झापाबाट विनोद विकलाई शनिबार पक्राउ गरेर काठमाडौं ल्याएर आइतबार सार्वजनिक गरेको हो । 

७ वैशाखमा निराको हत्या भएको थियो । हत्यासँगै निराले लगाएको सुनको सिक्री लुटपाट भएको थियो । 

पक्राउ परेका विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । विकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।  







  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया