विद्यार्थी विदेश जाने क्रम रोक्न नेपालको सार्वजनिक शिक्षा गुणस्तरीय बनाउनुपर्छ : विमला राई पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएकी छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै उनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको बताइन् । 

सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउँदै सदस्य पौड्यालले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने उल्लेख गरिन् । 

राष्ट्रिय सभा सदस्य पौड्यालले नेपालमा कोही पनि विद्यार्थीले रोजेको विषय र सहज शिक्षा पाउनुपर्ने अधिकारको प्रत्याभूति गराउनसक्ने काम सरकारले गर्नुपर्ने बताइन् । 
 





  • प्रकाशित मिति : बैशाख १७, २०८० आइतबार १७:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया