नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउँदै उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको बताए । संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने उनले दाबी गरे ।
शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताउँदै पौडेलले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताए ।
नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।