यातायात कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिएकाले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मंगलबार भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो। भट्टराईले सार्वजनिक सेवा प्रवेश गरेको मिति ०३८ साउन १ गतेदेखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिमा १ करोडभन्दा बढी अकुत सम्पत्ति कमाएको अख्तियारको दाबी छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति तथा त्यसबाट बढे–बढाएको सम्पत्ति र स्रोत खुलेको सम्पत्ति समेत आफ्नी पत्नी मुना अधिकारी भट्टराई एवं छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको अख्तियारले उल्लेख गरेको छ। 

उनीहरुको नाममा रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र मुना अधिकारी भट्टराई, उत्सुक भट्टराई र प्रेरिका भट्टराईलाई समेत प्रतिवादी कायम गरिएको उल्लेख गरिएको छ। 

आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति रहेको तर उनको मृत्यु भइसकेकाले उनको आमाको नाममा रहेको सम्पत्तिसमेत जफत हुनुपर्ने माग गरिएको छ। 
 





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार २०:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया