सरकार विस्तार गर्ने बारेमा छलफल गर्नको लागि सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दलका नेताहरू सहभागी हुने छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सनाले बैठकमा नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताए ।
उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीले तयारी गरिरहेका छन् । रास्वपाले गृह मन्त्रालयसहित साबिकका मन्त्रालय पाए सरकारमा जाने अडान राखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।