logo-img

माधव नेपाल भन्छन्- अब एमालेबाहेक कम्युनिष्ट दलको समाजवादी केन्द्र बन्छ
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ढिलो चाँडो नेपालमा समाजवादी केन्द्र बन्ने बताएका छन् । 

एकीकृत समाजवादीले सुर्खेतमा आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेबाहेकका नेपालका कम्युनिष्ट शक्तिहरूबीचको एकता प्रक्रिया थालनी भइसकेको बताए । 

उनले भने, ‘एमालेबाहेकका कम्युनिष्ट पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढिसकेको छ । हामी नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर समाजवादी केन्द्र बनाउने तयारीमा छौँ । ढिलो चाँडो नेपालमा समाजवादी केन्द्र बन्छ ।’

उनले नेपाली जनताले संघर्ष गरेर ल्याएको परिवर्तन उल्ट्याउनका लागि गठबन्धन टुटाउन केही शक्तिहरू लागिपरेको आरोप लगाउँदै बाम लोकतान्त्रिक गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने दाबी गरे ।  





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया