बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी
फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी राजनीतिक दलहरूको बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अहिले सरकारमा रहेका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताए । 

बैठकमा सरकारलाई समर्थन गर्ने दलहरूलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ । सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउनेबारे प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलहरूसँग छलफल थालेका हुन् ।  

  • प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार १६:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया