\
अफ्रिकी मुलुक सुडानमा रहेका १३ जना नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोस्थित नेपाली दूतावासमार्फत सुडानमा रहेका नेपालीसँग सम्पर्क गरेर उनीहरूलाई नेपाल फर्काउने व्यवस्था मिलाएकाे हाे ।
दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको छ। जेद्दा आइपुगेकामध्ये ६ जना नेपाली युएईको रोजगारदाता कम्पनीमै बस्न तयार भएका छन्।
नेपाल फर्कन चाहेकामध्ये आठजना बुधबार साँझ काठमाडौं आइपुग्दै छन् भने पाँचजनालाई भोलि जजिरा एयरवेजको उडानबाट नेपाल ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सुडानमा गत झन्डै तीन सातादेखि दुई सैनिक समूहबीच भइरहेको छ। लडाइँमा कम्तीमा सयौं मानिस मारिएका छन्, हजारौं घाइते भएका छन् भने लाखौं विस्थापित भएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।