logo-img

एक लाख घुससहित गोकर्णेश्वरबाट तीनजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा गोकर्णेश्वरबाट तीनजनालाई पक्राउ गरेको छ । 

काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं.३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहनप्रसाद कुइँकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेललाई मंगलबार घुस रकमसहित पक्राउ परेको आयोगले जनाएकाे छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, गोकर्णेश्वर नपाबाट मर्मत तथा निर्माणको काम लिई ठेक्कामा लगाएपश्चात् सेवाग्राहीबाट बाटो स्तर उन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस लिएकाले पक्राउ गरिएको हो । 

आयोगको टंगालबाट खटिई गएको टोलीले उनीहरूलाई एक लाख रुपैयाँ घुस र रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार १८:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया