सेयर बजार १२.७३ अंकले वृद्धि

बिहीबार सेयर बजार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अंकले बढेकाे हाे । 

परिसूचक नेप्से बढेर एक हजार आठ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ । आज सबै समूहको सेयर भाउ उकालो लागेको छ । 

कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो बुधबार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता सेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको सेयर किनबेच भयो । आज लक्ष्मी लघुवित्तको सेयर नौ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । 

समग्रमा बजार बढेको दिन आज इस्टर्न हाइड्रोपावरकाे सेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेकाे छ ।





  • प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार १५:२९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया