आइजिपी टुंगो लागेपछि एआइजी ज्ञवालीले पाए सफाइ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीले शैक्षिक प्रमाणपत्र र नागरिकतासम्बन्धी परेको उजुरीमा अख्तियारबाट सफाइ पाएका छन् ।

प्रहरी महानिरीक्षक (आइजिपी)को प्रतिस्पर्धामा रहेका एआइजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर सेवामा प्रवेश गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

तत्कालीन आइजिपी धीरजप्रताप सिंहले ११ चैत ०७९ मा प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआइजी वसन्तबहादुर कुवँर र ज्ञवाली मुख्य प्रतिस्पर्धी थिए । अख्तियारमा परेको उजुरीकै कारण सरकार ज्ञवालीलाई आइजिपी नियुक्त गर्नबाट पछि हटेको थियो ।

अख्तियारले करिब एक महिनापछि नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएपछि उजुरी तामेलीमा राखेको हो । 

यसअघि ज्ञवालीको जन्ममितिबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरेको थियो । गृहले समेत उनको शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममितिमा कैफियत नदेखिएको जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०८० बिहीबार २०:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया