\
सुडानबाट उद्धार गरिएका १३ जना नेपाली काठमाडौं आइपुगेका छन् । द्वन्द्वग्रस्त सुडानबाट सरकारले साउदी अरेबिया र चीनको सहयोगमा १३ जना नेपालीको उद्धार गरेको हो ।
इजिप्टको राजधानी कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा आएका ३१ जना नेपालीमध्ये १९ जना साउदी अरेबियाको जेद्दा पुगेका थिए । जेद्दा पुगेका १९ जनामध्ये ६ जना स्वेच्छाले रोजगारदाता कम्पनीको यूएईको दुबईमा रहेको शाखामा स्थानान्तरण भएर उतै बसेका छन् ।
बाँकी रहेकालाई भारतको सहयोगमा पोर्ट सुडानबाट भारतको अहमदाबाद ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीको पनि यसअघि नै सुरक्षित उद्धार भइसकेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।