\
तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएर आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राख्ने जनाएका छन् ।
काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन् ।
उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक मिटरब्याज पीडतले राजनीतिक रुपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताएका छन् ।
उनीहरूले यी सबैकुराको क्षतिपूर्ति व्यहोर्नुपर्ने मागसमेत गरेका छन् । अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पूर्जि रोक्नुपर्ने माग आफूहरूको रहेको बताएका छन् ।
उनीहरूले जेलमा भएका पीडितहरुलाई ससम्मान रिहा गर्नुपर्ने माग पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।