अमेरिकामा ट्रकको ठक्करबाट नेपालीमूलकी सुवेदीको निधन

अमेरिकाको टेक्सासमा ट्रकको ठक्करबाट नेपालीमूलकी प्रमिला सुवेदीको निधन भएको छ ।  

एनआरएनए आइसीसीको अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको बिहीबार मृत्यु भएको हो । 

छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा ४७ वर्षीय प्रमिलाको घटनास्थलमै मृत्यु भएको थियो ।   

प्रमिला दम्पत्ति दुई दशकदेखि अमेरिका बस्दै आएका थिए । सुवेदीका दुई छोरा छन् । 
 





  • प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार ११:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया