सत्ता गठबन्धनको बैठक आज, नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुने
फाइल तस्बिर

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको  हो । 

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । गठबन्धन दलहरू १५ जेठमा बजेट आउनुअघि सरकारको नीति तथा कार्यक्रम र आगामी वर्षको प्राथमिकताबारे छलफलमा केन्द्रित भएका छन् । 

केही दिनअघि गठबन्धनको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रारम्भिक छलफल गरेको थियो । संघीय संसदको बजेट अधिवेशन भोलि बोलाइएको छ ।  

 





  • प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार १३:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया