logo-img

सत्ता गठबन्धनको बैठकमा यी विषयमा भयो छलफल
फाइल फाेटाे

सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबारबाट सुरु हुने बजेट अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

उनले आइतबार बस्ने संसदको बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको पनि बताए । उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए ।  

उनले भने, ‘सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक थियो, भोलिबाट संघीय संसदको बैठक चल्दैछ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भयो, भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो । अब व्यवस्थित रुपमा भोलि सदन सुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यकता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल भयो ।’



प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको बताए । 



  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया