३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

टुकुचा ढल नभइ खोला नै हो भन्ने पुनः प्रमाणित भयो : मेयर शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापना गर्न पहिलो चरणको सफलता मिलेको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले केही दिनअघि उच्च अदालतले दिएको आदेशले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापना गर्न महानगरलाई पहिलो चरणको सफलता मिलेको बताएका हुन् ।   



उनका अनुसार उच्च अदालत पाटनले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्टरूपमा मान्यता दिएको छ ।  

‘केही दिनअघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्टरूपमा मान्यता दिएको छ’, बालेनले लेखेका छन्, ‘टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ ।’  



उनले अब टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेको व्यक्तिको जग्गा कानुनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याउने पनि घोषणा गरेका छन् । 

‘अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ’, मेयर शाहले लेखेका छन् । 



  • प्रकाशित मिति : २४ वैशाख, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया