नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अंकले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अंकले ओरालो लागेर तीन सय ५४ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । 

कूल २३ कम्पनीको सेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए । 

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्यबराबरको सेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआइसी एसिया बैंक एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलव २२, इस्टर्न हाइड्रोपावर सात दशमलव ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलव ८७,राष्ट्र उत्थान लघुवित्त तीन दशमलव ७८ र बलेफी हाइड्रोपावरको सेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । 

यस्तै, एनएमबी बैंकको ऋणपत्र आठ दशमलव ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलव ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलव ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ७५ र श्वेतगंगंगा हाइड्रोपावरको सेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ । 





  • प्रकाशित मिति : बैशाख २४, २०८० आइतबार १५:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया