२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

मन्त्री छनोटमा उपेक्षा गरिएपछि गगनले लेखे- अब त अत्ति भो !

नेपाली कांग्रेसबाट नौजना मन्त्री बन्दा  पनि आफूलाई उपेक्षा गरिएको भन्दै महामन्त्री थापाले असन्तुष्टि जनाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवानिकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षबाट तीनजना मात्रै मन्त्री बनेका छन् । 

महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियार  र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउन चाहेका थिए । आफूसँग यस विषयमा कुनै सल्लाह नभएकोमा आपत्ति जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्– अब त अत्ति भो ! 



‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्,’ उनले लेखेका छन्, ‘धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ ।’

उनले थपेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ, तर अब त अति भयो !’ 





  • प्रकाशित मिति : २४ वैशाख, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया