नेप्से १६.९३ अंकले घट्याे

साेमबार सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ ।

आज २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये सबैको समूहगत सूचक ओरालो लाग्यो । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।

आज विन नेपाल लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२ रुपैयाँ कायम भएको छ । यस्तै, वेस्टर्न हाइड्रोपावर कम्पनीको सयेरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ । 





  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार १५:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया