\
भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।
‘पाइलटलाई सकुशल उद्धार गरिएको छ । मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्’, प्रहरी अधिकारी सुधीर चौधरीले भने ।
पश्चिमी राज्य राजस्थानमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।