६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

रविविरुद्ध पुन: सर्वाेच्च गए युवराज सफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद सदस्य पदमा बहाल रहन अयोग्य रहेको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ पुन: सर्वोच्च अदालत गएका छन्। 

सभापति लामिछानेविरूद्ध रिट दायर गर्न सफल सोमबार सर्वोच्च पुगेका हुन्।



लामिछाने सांसद रहिरहँदा कानूनी शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तर्गत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यकोरुपमा कार्य गर्न रोक लगाउन माग गर्ने रिट निवेदन दर्ता गराउन अदालत पुगेका हुन्।

सर्वोच्चले उनको रिट निवदेनलाई दर्ता नगरी अध्ययनका क्रममा राखेको छ।​





  • प्रकाशित मिति : २५ वैशाख, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया