कक्षा १२ को परीक्षा आजदेखि
फाइल तस्बिर

कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने परीक्षाका लागि ४ लाख ६७ हजार विद्यार्थीले फारम भरेका छन् ।  

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार १ हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । यस्तै, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् ।  

कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।  

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन् ग्रेडेड) आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेपछि गत वर्ष दुईभन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थी लाभान्वित भएका छन् । 

अर्थात् ती विद्यार्थीले जतिवटा विषयमा एनजी ल्याएका छन् ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।   





  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार ७:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया