साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अंकले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अंकमा पुगेको छ ।
आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता सेयर ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।
सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अंकले बढेको छ ।
बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अंकले बढेको छ ।
त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बिमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अंकले बढेको छ ।
पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आठ दशमलव ६८ अंकले घटेको छ ।
कारोबार रकम र सेयर संख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६ करोड ९६ लाख २५ हजार नौ सय १३ बराबरको तीन लाख ६५ हजार पाँच सय एक कित्ता सेयर किनबेच भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।