टोपबहादुर रायमाझीको घरमा प्रहरीकाे छापा

नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। पक्राउ पुर्जी जारी भएर फरार रहेका रायमाझीकाे ललितपुरको सातदोबाटोस्थित घरमा प्रहरीले खानतलासी गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएका थिए।

उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए। कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घटनामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए। 

उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले बताएको थियो।

रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार उनलाई बुधबार साँझ नै पक्राउ गरिएको हो।





  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार १६:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया