लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा. केसी
फरकधार / २६ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसीलाई नियुक्त गरेको छ । 



प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।



मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चारजना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ । उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 



लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा. केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । 







  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार १७:५७:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया