विदेशबाट फर्किने नेपालीलाई दुई थानसम्म मोबाइल ल्याउन दिने सरकारकाे निर्णय

मन्त्रिपरिषद्को बैठकले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने निर्णय गरेकाे छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

१५ पुसदेखि एमडिएमएस प्रणाली लागू गर्दै एक थान मात्रै माेबाइल ल्याउन पाउने व्यवस्था गरिएकाे थियाे । साे निर्णयकाे चाैतर्फी विराेध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडिएमएस प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।

साेमबारकाे बैठकले एमडिएमएस प्रणाली लागू गर्ने तर विदेशबाट फर्किने नागरिकले थप एक थान माेबाइल ल्याउन पाउने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।





  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार १८:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया