पहिचानवादी आन्दोलनका क्रममा झापाको दमकमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ। मंलगबार साँझ राँके जुलुस प्रदर्शन गर्ने क्रममा झडप भएको हो।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आयोजनामा भएको आन्दोलनमा कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राखिएको थियो । झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी एक दर्जन बढी घाइते भएका छन्।
घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पताल र दमक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको थप विवरण आउन बाँकी छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।