शरणार्थी प्रकरणको प्रगति विवरण संसद्‌लाई जानकारी गराउनुपर्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कुनै पनि उन्मुक्ति दिन नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा लिङ्देनले यो प्रकरणलाई कुनै पनि बहानामा कमजोर बनाउन नहुने बताएका हुन् । 

उनले नक्कल भुटानी शरणार्थी प्रकरणको प्रगति विवरण सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरे । उनले शीर्ष नेताहरूको पछिल्ला भेट दोषीलाई उम्काउने विषयमा केन्द्रित भइरहेको आशंकासमेतव्यक्त गरे ।   

‘अनुसन्धानका बारेमा समेत अनेक आशंकाहरू आइरहेका छन् । शीर्ष नेताहरूको बैठकलाई पनि शंकाको घेरामा राखिरहेका छन् । शीर्ष नेता र सरकारको गलत मनसाय छैन भन्नका लागि पनि अनुसन्धान कहाँ पुग्यो भनेर संसदलाई जानकारी गराइयोस्,’ लिङ्देलले भने, ‘पूर्वगृहमन्त्री पक्राउ परेका छन् । सरकारले प्रतिबद्धता व्यक्त गर्नपर्‍यो । अहिलेसम्म भएका प्रगतीहरूबारे जानकारी गराइनुपर्छ । सभामुखमार्फत सरकारलाई जवाफ दिन रुलिङका लागि आग्रह गर्दछु ।’  

उनले प्रहरीले अनुसन्धान नगर्ने होकी भन्ने आशंका उत्पन्न भइरहेको बताउँदै नक्कल भुटानी शरणार्थी प्रकरणलाई अख्यितारलाई बुझाउने गल्ती नगर्न पनि आग्रह गरे । उनले यस प्रकरणमा पूर्वगृहमन्त्री र उपप्रधानमन्त्री भएका व्यक्तिको नाम आउनु लज्जाको विषय भएको समेत बताए । 

‘प्रहरीले अनुसन्धान नगर्ने होकी, अख्यितारलाई बुझाउने हो कि भन्ने आशंका उत्पन्न भइरहेको छ । यस्तो नहोस्, देशको वेइज्ज्ती गर्ने, दुनियाँका अगाडि देशको शिर झुक्ने काम गर्ने गरी पूर्वगृहमन्त्री र उपप्रधानमन्त्री भएका व्यक्तिको नाम आउनु लज्जाको विषय हो,’ सांसद लिङ्देलले भने । 





  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार १२:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया