जसपाको कार्यकारिणी बैठक जारी
फाइल तस्बिर

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुँदैछ । 

यसअघि विधान अधिवेशन जेठ १ गतेका लागि तय भएको भए पनि तयारी नपुगेको कारण अधिवेशन सार्ने विषयमा पनि छलफल हुनेछ । त्यस्तै सरकारमा एक जना मन्त्री पठाउन बाँकी रहेकोले कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।  





  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार १३:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया