नेता खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । 

प्रहरीले पूर्वगृहमन्त्री खाणसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन् ।
 





  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार १५:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया