शिल्पाको फिटनेस रहस्य

बलिउड एक्ट्रेस शिल्पाको सेट्टीको स्लिम–ट्रिम फिगर, अनुहारको चमक र फिटनेसको सर्वत्र चर्चा हुन्छ । ४३ वर्षको उमेरमा पनि उनी निकै जवान देखिन्छिन् । आखिर के हो त शिल्पाको फिटनेसको रहस्य ? 

शिल्पा योग र एक्सरसाइजमा निकै ध्यान दिन्छिन् । सन्तुलित भोजनमा पनि उत्तिकै सचेत छिन् उनी । वास्तवमा शिल्पाको फिटनेसको श्रेय उनको प्रोपर ‘डाइट प्लान’ र ‘वर्कआउट प्लान’ दुवैलाई उत्तिकै जान्छ । 

शिल्पाको डाइट प्लान 

शिल्पा दैनिक १,८०० क्यालोरी बराबरको भोजन लिन्छिन् । उनका न्युट्रिसनिस्ट उनको भोजनमा आवश्यक भिटामिन्स, मिनरल्स र फाइबर्सको मात्रामा राम्रो ध्यान राख्छन् । 

शिल्पा दिनको सुरुवात अमला वा घ्युकुमारीको जुस, ‘दलिया’ र खैरो चिनी राखेको चियाबाट गर्छिन् । 

लन्चमा शिल्पा गहुँको सुक्खा रोटी, खैरो चामलको भात, चिकन करी र ओलिभ आयलमा पकाएको तरकारी लिन्छिन् । 



साँझमा उनी ब्राउन ब्रेड, बाउन टोस्ट, ग्रिन टी र अन्डाको सेतो भाग खान्छिन् । रातको खानामा प्रायः सुप, सलाद र चिकन हुन्छ । 

यसका अतिरिक्त शिल्पा भोजनको बीच–बीचमा अर्गानिक कफी पिउँछिन् । 



वर्कआउट प्लान

शिल्पा हप्तामा ५ दिन एक्सरसाइज र योगका आसन गर्छिन् । यसमा दुई दिन योग, दुई दिन स्ट्रेन्थ एक्सरसाइज र एक दिन कार्डियो एक्सरसाइज हुन्छ । दुई दिन उनी आराम गर्छिन् । 

योगपछि शिल्पा हरेक दिन १० मिनेट ध्यान गर्छिन् । 

एक्सरसाइज गरेपछि उनी प्रोटिन सेक पिउँछिन् । यसका अतिरिक्त दिनहुँ ८ दाना किसमिस र २ ओटा छोकडा खान्छिन् । 

अनुहारमा चमक र शरीरमा पानीको मात्रा ठीक राख्न शिल्पा दैनिक कम्तीमा १० गिलास पानी पिउँछिन् । 

योगले मानसिक फिटनेस पनि 

शिल्पा भन्छिन् कि उनलाई योगले शारीरिक फिटनेसका साथै मानसिक रुपमा पनि फिट बनाएको छ । ‘योग तपाईंलाई आत्मासँग मिलाउँछ,’ शिल्पा भन्छिन्, ‘जब तपाईं योग गर्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ, तपाईंको शरीरको असली क्षमता के हो भनेर ।’ 
 

  • प्रकाशित मिति : फागुन १४, २०७५ मंगलबार १९:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया