२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

लाेसपाकाे नेतृत्वमा मधेस प्रदेशमा सरकार पुनर्गठन हुनुपर्ने अध्यक्ष ठाकुरकाे माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गरेका छन् । 


आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भएसरह नै मधेस प्रदेशमा पनि  सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताए । 



अध्यक्ष ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए । गठन्धनको मर्मअनुसार मधेस सरकारको नेतृत्वमा अब लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ । 

उपनिर्वाचन अगाडि नै मधेस प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेस सरकार परिवर्तन हुने दाबी गरे । 



अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन् । 



  • प्रकाशित मिति : २८ वैशाख, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया