एमाले केन्द्रीय कमिटीमा समूहगत छलफल हुँदै, आजै स्थायी कमिटी बैठक बस्ने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल हुने भएको हो ।  

बैठकको पहिलो दिन बिहीबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।   

पार्टी महासचिव शंकर पोखरेलका अनुसार प्रतिवेदनहरूमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका छ । समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने उनले जानकारी दिए । 

समूहगत छलफलपछि प्रदेश अध्यक्षले सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ । जसका लागि हरेक अध्यक्षलाई १० मिनेटको समय उपलब्ध गराइने महासचिव पोखरेलले बताए । त्यसपछि आजै एमालेको स्थायी कमिटीको बैठक बस्नेछ । 

प्रदेश अध्यक्षबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ । सो कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । 

केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गर्ने कार्यसूची छ । समसामयिक प्रस्ताव पारित गरेर अध्यक्ष ओलीले शनिबार बैठकलाई सम्बोधन गर्नेछन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार ७:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया