आज दिउँसो, कोशी, बागमती र मधेश प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायु निष्क्रिय रहेका कारण तत्काल पानी पर्ने सम्भावना छैन ।
पानी नपर्दा तापक्रम क्रमशः बढ्दै गइरहेको छ । विशेषगरी भैरहवा, नेपालगञ्ज, सिमरा लगायतका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
काठमाडौं उपत्यकाको औसत तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।