मोरङको राठी इन्डस्ट्रिजमा आगलागी
फाइल तस्बिर

मोरङको बूढीगंगास्थित एक उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीको राठी इन्डस्ट्रिजमा गएराति आगलागी भएको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।  

आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । राठीको यो उद्योगले बिजुलीका बल्ब र स्विच उत्पादन गर्दै आएको छ । 





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार ९:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया