प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज बिहान भएको प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिए । साथै, उनले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुट्टा नकमाएर अघि बढाउन आग्रह गरे । 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रहरीले निष्पक्ष ढंगले गरिरहेको र यसलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपा सभापति लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।  





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १२:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया