जनताले महसुस गर्ने गरी काम गर्छौं : मुख्यमन्त्री पाण्डे
फरकधार / ३० बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । 



नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए । 
    
'आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरेजस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ,' उनले भने । 



साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । 









  • प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार १७:४०:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया