logo-img

‘नइ कीर्ति रत्न’ बाट २०१ स्रष्टा विभूषित

नइ प्रकाशनले शनिबार काठमाडौंमा २०१ स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकारले विभूषित गरेको छ । आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याइएको विशिष्ट योगदानको कदर गर्दै नेपाली भाषा–साहित्यका २०१ स्रष्टालाई उक्त अलंकारद्वारा विभूषित गरिएको हो ।

विभुषित साहित्यकारहरुलाई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, भद्रकुमारी घले र प्राज्ञ वैरागी काइँलाको हात ‘नइ कीर्ति रत्न’ प्रदान गरिएको थियो ।

विभूषित हुनेहरुमा अशेष मल्ल, मोहन दुवाल, प्रा.डा. उषा ठाकुर, प्रा.डा. गार्गी शर्मा, गोविन्द गिरी, डा. तुलसी भट्टराईलगायत स्रष्टा छन् ।

सो अवसरमा दुई ग्रन्थको लोकार्पण समेत गरिएको नइ प्रकाशनले जानकारी गराएको छ । भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति र आकृति’नामक कृति विमोचन गरिएको हो ।





  • प्रकाशित मिति : वैशाख ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया