सेयर बजारमा दोहोरो अंककाे गिरावट

आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सूचकमा १६.९६ अंकले ओरालो लागेर १८२१.६४ विन्दुमा रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज नेप्से सूचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।

यसअघि बिहीबार नेप्से सूचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको थियो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसी एसियाको ४ करोडमाथिको कारोबार भएको छ। 

यता, १३ उपसूचकमध्ये इन्भेष्टमेन्ट सूचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसूचक घटेको छ । 
आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ।





  • प्रकाशित मिति : बैशाख ३१, २०८० आइतबार १५:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया