logo-img

कलाकार किरण केसीको गीत सार्वजनिक (भिडियाे)

‘रात मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय छन् । पछिल्लो समय सांगितिक भिडियाेमा मोडलको रूपमा प्रस्तुत भइरहेएका केसीले एकसाथ तीन गीत तयार गरेका छन् । 

उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गरेका छन् । यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए । 

'गीतको अडियो तयार भएको लामो समयपछि भिडियाे बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु,' हास्यकलाकार केसीले भने, 'गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।' 

उनले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मिहिनेतले सम्भव भएको प्रतिक्रिया दिए । ‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र संगीत मदनकृष्ण श्रेष्ठकाे छ । 

हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गरेका हुन् ।

उनकाे दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुने हास्यकलाकार केसीले बताए । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया