logo-img

यी हुन् नेफ्टा फिल्म अवार्डका टप ५ चलचित्र

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका  छन् । 

आइतबार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बन्न सक्ने, तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने उनले बताए । 

सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताउँदै उनले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको उनको भनाइ छ । 

११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन् । 
 





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया