राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, लिङ्देन र मिश्रले प्रतिवेदन पेस गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक सोमबारदेखि सुरु हुँदै छ ।

धुम्बाराहीमा तीन दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक अवस्था, १० वैशाखको उपनिर्वाचनको समीक्षा, सांगठनिक गतिविधिलगायतका एजेन्डामा छलफल हुने  नेता राजाराम श्रेष्ठले जानकारी दिए । 

करिब १० महिनापछि बस्न लागेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

उनीहरूले बैठकमा पेस गर्ने प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राखेपछि संशोधनसहित पारित हुने बताइएको छ । यसअघि राप्रपाले ३० र ३१ वैशाखमा केन्द्रीय समिति बैठक बोलाएको थियो । तर, प्राविधिक कारण भन्दै उसले आजदेखि ३ जेठसम्म बैठक बोलाएको हो । 
 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार ९:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया