\


राप्रपा केन्द्रीय समितिको बैठक आज पनि बस्दै, लिङ्देलको प्रतिवेदनमाथि छलफल हुने
फरकधार / २ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्दैछ । काठमाडौंको धुम्बाराहीमा आइतबारदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवेदनमा प्रस्तुत गरेका थिए ।  

आजको बैठकमा पनि लिङ्देलले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधानविपरीत नभएको विषय उल्लेख छ । 

त्यसैगरी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

महामन्त्री धवलशम्शेर राणाले साङ्गठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट साङ्गठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका छन् । 



मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा परिमार्जन गरिने बताइएको छ ।  



  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार ७:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया