logo-img

स्वास्थ्य शिविरका लागि दार्चुला जाँदै गरेको मेडिकल कलेजको बस दुर्घटना, ६ जना घाइते

बैतडीको पाटन नगरलालिका–८ अनारखोलीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार राति १० बजेतिर भे १ क ३१८ नम्बरको उक्त नेपालगञ्ज मेडिकल कलेजको बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो ।  

नेपालगञ्जबाट दार्चुलातर्फ स्वास्थ्य शिविरका लागि जाँदै गरेको उक्त बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।  

घाइते हुनेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–१२ का ३५ वर्षीय जंगबहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिशिर खड्का, ४४ वर्षीया रीता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । 

उनका अनुसार बस ओरालोमा ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटनामा परेको हो । बसमा रहेका मेडिकल उपकरण र औषधि सामग्रीमा पनि सामान्य क्षति पुगेको छ ।   





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया