काठमाडाैं– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेकाे छ।
उद्धारका लागि गएको हेलिकप्टर घटनास्थल पुगिसकेको छ र त्यहाँबाट आएको विवरण अनुसार सबैको ज्यान गएको छ विमानस्थलले जानकारी दिएकाे छ ।
एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सातजना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए । दुर्घटनाको खबर आएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
मन्त्री अधिकारी बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएका थिए । त्यही क्रममा प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गर्न उनीहरु हेलिकप्टरमा गएका थिए। हेलिकाेप्टर पाथीभरा मन्दिरनजिक मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएकाे बताइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।