मन्त्री अधिकारीसहित दिवंगत सातै जनाको शव ल्याउन दुर्घटनास्थल पुग्यो हेलिकोप्टर

काठमाडौं– पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त स्थानमा अर्को हेलिकोप्टर पुगेको छ । दुर्घटनामा मृत्यु हुने सातै जनाको शव ल्याउन हेलिकोप्टर उक्त स्थानमा पुगेको हो ।

तर, खराब मौसम र चर्को हावा चलिरहेका कारण हेलिकोप्टर ल्यान्ड गर्न सकिएको छैन । आजै हेलिकोप्टरमा शव काठमाडौं ल्याउने तयारी छ । सोही स्थानबाट शव ल्याउन नसकेमा स्थानीयले अलिक सहज हुने ठाउँसम्म शवलाई बोकेर लैजाने तयारी पनि गरेका छन् । 

दुर्घटनाग्रस्त ठाउँमा रहेका स्थानीय सुरज भट्टराईले हेलिकोप्टर ल्यान्ड गर्न नसके डोरीको साहयताले शव पठाउने तयारी पनि भइरहेको बताए । उनले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलगायतको टोली पनि दुर्घटनाग्रस्त स्थलमा पुगेको जानकारी दिए ।






  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १७:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया