२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

उच्च रक्तचाप दिवस
उच्च रक्तचापबाट कसरी जोगिने ? यस्ता छन् उपाय

आज विश्व उच्च रक्तचाप (ब्लडप्रेसर) दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । 


हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।



बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन् २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । 



उच्च रक्तचाप​का लक्षण

  •  अधिकांशमा उच्च रक्तचापका लक्षण देखा पर्दैनन् । तर, शरीरभित्र असर पु¥याइरहेको हुन्छ । थोरै प्रतिशतमा भने रिंगटा लाग्ने, चिढचिढापन हुने, मुटुको धड्कन र नाडीको गति बढ्ने लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।  

कारण

  •  सामान्यतः, अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्ने गर्छ । 
  •  कुनै बच्चामा जन्मजात नै नसा साँघुरो हुने समस्या भएमा उच्च रक्तचापको समस्या हुने गर्छ । त्यस्तै रक्तनली कडा भएर साँघुरो हुने समस्या भएमा समेत उच्च रक्तचापको जोखिम हुन्छ । रक्तनलीभित्र बोसो वा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न नसकेमा रक्तचाप बढ्छ ।
  •  खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ । त्यस्तै, पौष्टिक आहार कम खाने मानिसमा पनि उच्च रक्तचापको जोखिम बढ्छ । 
  •  धूमपान–मध्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । साथै, अत्यधिक चियाकफीको सेवनले पनि रक्तचाप बढाउँछ । 
  •  तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबडी र लामो समयसम्म औषधिको सेवन पनि रक्तचापका कारण हुन् ।
  •  मिर्गौला, कलेजो, रगत तथा फोक्सोसम्बन्धी रोगका कारण रक्तचाप बढ्ने गर्छ । साथै, वंशाणुगत गुणका कारणसमेत रक्तचाप बढ्छ । 


बच्ने उपाय

  •  उच्च रक्तचापका लक्षण हत्तपत्त देखिँदैन । त्यसैले, यसका रोगीमध्ये अधिकांशको ज्यानै जाने खतरा हुन्छ । तसर्थ, निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ ।
  • स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा ख्याल, नियमित व्यायाम, धूमपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ । लामो समयसम्म औषधिको सेवन गर्दा ध्यान दिने गरेमा उच्च रक्तचापबाट बच्न सकिन्छ ।
  •  मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।   

  • प्रकाशित मिति : ३ जेठ, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया