सेनाकाे हेलिकाेप्टरमा मन्त्री अधिकारीसहित सातै जनाकाे शव काठमाडाैं ल्याइयाे

काठमाडाैं– पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त स्थानबाट सातै जनाकाे शव काठमाडाैं ल्याइएकाे छ । सेनाकाे हेलिकाेप्टरमा राखेर शव काठमाडाैं ल्याइएकाे हाे ।

यसअघि शव लिन पुगेकाे हेलिकाेप्टर खराब मौसम र चर्को हावा चलिरहेका कारण हेलिकोप्टर ल्यान्ड गर्न सकेकाे थिएन ।

दिउँसो साढे एक बजे तारेढुंगा भीरमा भएको दुर्घटनामा अधिकारीसहित सात जनाको निधन भएको हो । 

पाथीभरा मन्दीरको दर्शनपछि अधिकारी हेलिकोप्टरमा ताप्लेजुङ जाँदै थिए । हेलिकोप्टर उडान भरेको एक मिनेटमा नै दुर्घटनामा परेको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । पाइलटले उडान भर्न अप्ठ्यारो रहेको जानकारी दिएका थिए । तर, यो जानकारी दिएको केही समयमा नै उडान भरिएको थियो । मन्त्री अधिकारी विहान ११ः४५ मा पाथीभरा पुगेका थिए ।

त्यसअघि उनी आठराई गाउँपालिकाको कार्यक्रममा सहभागि भएका थिए । त्यहाँबाट उनी चुहानडाँडामा विमानस्थल निरीक्षण गर्न पुगेका थिए । 





  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १७:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया