कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवं प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको छ भन्ने विश्वास लिएको बताए ।
दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मिहिनेतका साथ कार्य सम्पादन भएकामा उनले खुसी व्यक्त गरे ।
मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानुनबमोजिम कार्य सञ्चालन, प्रदेशउपर दायर मुद्दामा प्रतिरक्षा र सरकारलाई कानुनी परामर्श दिने काम गर्दै आएको जानकारी गराएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।